समाज

नियम उल्लंघन गरेपछि ट्याक्टरसहित सातजना पक्राउ
SHARES

भदौ २३, २०७६

    धनगढी : अवैध रूपमा बालुवा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सात वटा ट्याक्टरसहित सात जनालाई पक्राउ गरेको छ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीको टोलीले धनगढी उपमहानगरपालिका १९ पथरियाबाट सात वटा ट्याक्टरसहित सात जना चालकलाई पक्राउ गरेको हो।

    जिल्ला समन्वय समितिले बर्सातको समयमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइए पनि अटेरी गर्दै बालुवा उत्खनन गरेपछि उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ।

    अवैध रूपमा बालुवा लोड गरेर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति कैलाली पठाइएको छ।
    यो समयमा नदीजन्य पदार्थको उत्खनन हुन सक्ने भन्दै जिल्ला समन्वय समिति कैलालीले निगरानीका लागि जिल्लाका सुरक्षा निकायहरूलाई  पत्राचार समेत गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]