|

काठमाडौं : तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेश मन्त्री वाङ यी सोमबार चन्द्रागिरी पुगेका छन्। चन्द्रागिरीमा उनले केबलकार तथा रिसोर्टको अवलोकन गरेका थिए।

एकघण्टा भन्दा बढी समय ट्रेकिङ्समेत गरेका हुन्। मन्त्री यी ले अवलोकन गरेको संचालक तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले खुसी व्यक्त गरेका छन्। 
चन्द्रागिरि हिल्स नेपाल भ्रमणमा आउने विदेशी उच्चपदस्थ अधिकारीहरुका साथै विदेशी तथा स्वदेशी पर्यटकहरुको एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने गरेको छ।विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आमन्त्रणमा द्विपक्षीय वार्तामा भाग लिन भदौ २२ गते आइतबार साँझ काठमाडौं आएका थिए। 

चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.