|

बैतडी : नेपाल-भारत सीमानाका बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माणको लागी दवाव दिन बैतडीमा गएको दुई दिनदेखि अनिश्चितकालीन अनसन जारी रहेको  छ।  

जिल्ला प्रसासन कार्यालय अगाडी  उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको सयोजकत्वमा आइतवारदेखि रिले अनसन सुरु भएको  हो। उद्योग बाणिज्य संघका अध्यक्ष चन्दको संयोजकत्वमा झुलाघाट पक्की पुल निर्माण संघर्ष समिति गठन गरि रिले अनसन जारी रहेको हो।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीबासीले दुई दशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिदै आएका भएपनि अहिलेसम्म पक्की पुल निर्माण हुने कुनै छाँटकाँट नदेखिएको रिले अनसन बस्नु परेको संघर्ष समितिका संयोजक चन्दले बताए।

अनसनमा उद्योग बाणिज्य संघसँगै निर्माण ब्यवसायी संघ, यातायात ब्यवसायी संघ, रेडक्रस,पत्रकार महासंघ तथा होटेल ब्यवसायी संघले समेत ऐक्यवद्धता जनाएको छ। नेपाल तथा भारतको सिमानदी झुलाघाटमा पुल निर्माण भएमा ब्यापार तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै बिगत २ दशकदेखि माग राख्दै आए पनि सुनुवाई नभएकाले अनसन सुरु गरिएको हो। सीमावारपार गर्न झुलाघाटमा हाल बर्षौ पुरानो जीर्ण झोलुंगे पुलवाट गर्नु परेको छ।  

सांसद र जनप्रतिनिधिले अनसनकारीलाई भेटे

यसैबीच बैतडीका पूर्व सांसद तथा नेकपा केन्द्रिय सदस्य नरेन्द्र कुँवर, प्रदेशसभा सदस्यद्वय प्रेमप्रकाश भट्ट  र लीलाधर भट्टले अनसनकारीलाई भेटेका छन्। यसका साथै बैतडीको पाटन नगरपालिकाका प्रमुख केशववहादुर चन्द, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँद र उपाध्यक्ष कुष्मा चन्दले पनि अनसनरतलाई भेटेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.