|

चितवन : भरतपुर अस्पतालका कर्मचारीहरू अस्पताल प्रशासनविरुद्ध आन्दोलित बनेका छन्।

अस्पताल विकास समिति कर्मचारी युनियनले प्रशासनविरुद्ध सोमबार पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। उनीहरूले विभिन्न ११ बुँदे माग राखेका छन्। कर्मचारीको जायज मागबारे पटकपटक ध्यानाकर्षण गराउदा पनि अस्पताल प्रसासनले आनाकानी गरेकाले आन्दोलित हुनु परेको युनियनका अध्यक्ष चन्द्रमणि बस्यालले बताए।

युनियनले विगत ५५ दिनदेखि विना करार नविकरण र विनातलव कार्य गराउँदा प्रशासन गैह्र जिम्मेवार बनेको, डेंगु लगायतका प्रकोप नियन्त्रण तथा उपचारमा खटिएका कर्मचारीको मनोवल कमजोर बनाउने कार्य गरेको लगायतका विभिन्न आरोप पनि लगाएका छन्। 

युनियनले सम्पूर्ण कर्मचारीको असरा मसान्तपछि रोकिएको करार नविकरण गरी स्केल अनुसार तलव दिनुपर्ने, सुत्केरी तथा दुर्घट्नाको अवस्थामा नियम अनुसार विदा दिनुपर्ने, नर्सिंङ कार्यक्रममा विकास समितिका कर्मचारी अनिवार्य हुने गरी शैक्षिक वोर्ड बनाई सञ्चालन गर्नुपर्ने लगायतका माग गरेका छन्। 

उनीहरूले भदौ २४ गत्तेदेखि २७ गत्तेसम्मका विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। २४ गत्ते हातमा कालोपट्टि बाँधेर प्रशासन घेराउ गर्ने, हरेक दिन हातमा पट्टि बाँधेर प्रशासन घेराउ गर्ने कार्यक्रम आधा घण्टा थप्दै जानेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.