|

कैलाली : कैलालीमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थानीय  नेताको घरमा राखिएको स्कारपियो गाडी अज्ञात समूहले आगजनी गरेको छ ।

घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका स्थानीय नेता गौरी प्रसाद जोशीले आफ्नै घरमा  पार्किङ गरी राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गए राति करिब १२ बजेतिर अज्ञात समूहद्वारा आगजनी गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

आगजनीबाट गाडीको अगाडीको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले जानकारी दिए। ‘राति करिब १२ बजे पछि आगो लगाइएको अनुसन्धानबाट खुलेको छ ’उनले भने, ‘छिमेकीले थाहा पाएपछि घरका अन्य सदस्यले आगो नियन्त्रणमा लिए।’ जोशी तत्कालीन माओवादीका केन्द्रीय सदस्य थिए। पार्टी एकीकरण पनि उनी जिम्मेवारीविहीन रहेको प्रहरीले जनाएको छ।

अज्ञात समूहले आगजनी गरेको गाडी पनि तत्कालीन माओवादीकै नाममा रहेको प्रहरी निरिक्षक भट्टले बताए। ‘उहाँले  किन्नु भएको थियो होला तर, नामसारी भएको पाइएन’ उनले भने। गाडीमा आगजनी हुँदा नेता जोशी घरमा नरहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले पनि घटनामा संलग्नहरूको खोजी भइरहेको जनाएको छ। 

‘आगलागी कसले र किन गरेको हो भन्ने बारेमा अझै यकिन भइसकेको छैन ’जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले भने, ‘हामी अनुसन्धानमै छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.