|

काठमाडौं : पार्टी घोषणापूर्ण मिडियाहरुमा आक्रामक विज्ञापन गरेको नयाँ शक्ति नेपालले विज्ञापनका अन्य तरिका पनि अपनाएको छ। नयाँ शक्तिको युट्युब च्यानलमा हालै राखिएको एउटा एनिमेटेड भिडियोमा नयाँ शक्तिको सिर्जनात्मक ढंगले प्रचार गरिएको छ।

खेर गैरहेको आर्थिक सम्भावनालाई प्रयोग गरेर नयाँ शक्तिले कसरी देश विकास गर्नेछ भन्ने भिडियोमा देखाउन खोजिएको छ। भिडियो विज्ञापनमा पाइपबाट पैसा आइरहेको तर प्वाल परेर बीचमै चुहिरहेको देखिन्छ। त्यसपछि नयाँ शक्तिले प्वाल टालेको देखाइन्छ। प्वाल टालेपछि धाराबाट पैसा झर्न थाल्छ। यही पैसाबाट सडक, आधुनिक कृषि प्रणाली, जलविद्युत आयोजना, केबलकार लगायत बनेको विज्ञापनमा देखाइन्छ।

हेर्नुस् नयाँ शक्तिको भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.