मोदी-ओलीको संयुक्त शिलान्यास र उद्घाटन

|
फाेटाे: रासस

काठमाडौः  लामो समयदेखि चर्चामा रहेको मोतिहारी-अमलेखगञ्‍ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाएसँगै मंगलबारदेखि पाइपलाइनबाट डिजेल आपूर्ति गर्ने कार्य सुरु भएको छ। अन्तर्राष्ट्रिय बजारबाट आयात हुने बस्तु वा पदार्थमा सबैभन्दा ठूलो हिस्सा अगटेको पेट्रोलियम पदार्थ पाइपलाइनबाट आपूर्ति गर्दा  ठूलो मात्रामा ढुवानीको लागत घटेको नेपाल आयल निगमले जनाएको छ। गत वर्ष पेट्रोलियम पदार्थको आयातमा नेपालले दुई खर्ब रुपैयाँ खर्चिएको छ। 

मंगलबार दिउसो रिमोरटबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइन उद्घाटन गरेसँगै निरन्तर पाइपलाईनबाट डिजेल आउन थालेको छ। ओलीले सिंहदरबारबाट र मोदीले हैदरावाद हाउसबाट बटन दवाए पछि आयल निगमको अमलेखगञ्‍ज डिपोमो डिजेल झरेको हो।पाइपलाइनबाट डिजेल आउन सुरु गरेसँगै यसको असर उपभोक्ताको मूल्यमा समेत देखिएको छ।

नेपाल आयल निगमले मंगलबार देखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ  मूल्य घटाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उद‍्घाटन कार्यक्रममा लागतमा कमी आउँदा उपभोक्ताले सस्तो दरमा पेट्रोलियम पर्दाथ पाउने बताए। 

नेपाल आयल निगमका अनुसार अहिलेको अवस्थामा पाइपलाइनबाट डिजेलको आपूर्तिले ८० करोड ढुवानी लागत बचत हुनेछ। जस अनुरूप पेट्रोल डिजेल  र मट्टितेलमा २/२ रुपैयाँ घटाइएको हो।

'पेट्रोलियम पर्दाथको आपूर्ति लागत नै कम भएपछि उपभोक्तलाई पनि राहत होस् भनेर हामीले मूल्य घटाएका हौँ' नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशिल भट्टराईले भने। 

मूल्य घटेसँगै तत्कालका लागि काठमाडौंको नयाँ खुद्रा मुल्य पेट्रोल प्रति लिटर १०७ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ९५ रूपैयाँ कायम भएको छ । तर अन्तराष्ट्रिय मूल्य हेरफेर हुँदा  गरिने हेरफेर भने कायमै रहने छ ।

१९ वर्षे यात्रा

पाइपलाइनबाट पेट्रोल ल्याउनको लागि सन् २००४ मा पहिलोपटक औपचारिक सम्झौता गरिएको थियो। तत्कालिन नेपाल आयल निगमका कार्यकारी निर्देशक उपेन्द्र पौडेलले भारतीय पक्षसँग सम्झौता गरिेएको नेपाल आयल निगमले जनाएको छ।

परियोजना निर्माण, मोडालिटी र लागतका बिषयमा करिब १० वर्ष छलफल भएपछि तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको कार्यकालमा सन् २०१५ अगष्टमा नेपालका आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतीय आपूर्ति मन्त्री देवेन्द्र प्रधानले परियोजनाको समझदारीमा हस्ताक्षर गरेका थिए। 

विस २०७३ सालमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइनको शिलान्यास गरेका थिए।

संयोग दुबै देशमा दोस्रो कार्यकालको लागि प्रधानमन्त्री भएका मोदी र ओलीले पाइपलाइनको उद्‍घाटन गरेका हुन्।

दुबै देशको आयोजना समयममै सम्पन्न गर्नको लागि पछिल्लो समय विशेष चासो देखाएको भन्दै नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले खुसी पनि व्यक्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.