|

काठमाडौं : कप्तान रोहितकुमार पौडेलको कप्तानी पारीमा एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपालले युएईलाई २८६ रनको लक्ष्य दिएको छ।

मंगलबार श्रीलंकाको मारियन्स क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन बनाएको हो।

नेपालका कप्तान पौडेलले ६७ रन बनाए। आशिफ शेखले ४५ र सन्दीप जोराले ४८ रन बनाएका थिए। राशिद खानले ४४ र कमलसिंह ऐरीले ४१ रन जोडे भने कुशल मल्ल २२ रनमा आउट भए।

युएईका लागि आकाश ताहिर र सञ्चित शर्माले समान ३-३ विकेट लिएका थिए। उसका पालिनियापन मेयाप्पनले २ विकेट लिएका थिए।

युएईले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.