विश्व

मध्यावधि निर्वाचन गराउने प्रधानमन्त्री जोन्सनको प्रस्ताव दोस्रो पटक बिफल

फाइल फोटो
भदौ २४, २०७६

    संसदको कार्यावधि बाँकी हुँदै मध्यावधि निर्वाचन गराउने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्तावलाई सांसदहरूले दोस्रो पटक बिफल पारिदिएका छन्।    

    प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटको वर्तमान गतिरोध अन्त्यका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्प रहेको भन्दै संसदमा मतदानका लागि प्रस्ताव गरेका थिए।

    सरकारले प्रस्तुत गरेको प्रस्तावको पक्षमा २९३ जना सांसदले मतदान गरेका थिए। हाउस अफ कमन्सका ६ सय ५० सदस्यमा उक्त प्रस्ताव पारित हुन कम्तीमा ४०० सांसदले पक्षमा मतदान गर्नु आवश्यक रहेको थियो।          

    संसद् निलम्बन गर्नुअघि संसदमा भएको बहसमा बिना कुनै सहमति युरोपेली संघबाट बाहिरिने बेलायतको योजनालाई रोक्ने कानुनी प्रावधानलाई सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने माग विपक्षी दलका सांसदले गरेका थिए।    

    प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अक्टोबर ३१ तारिखमा युरोपेली संघबाट बिना सम्झौता बाहिरिने शर्त राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]