|

भक्तपुर : भक्तपुरको भातेढिकुरफबाट कटुवा पेस्तोल र ६ राउण्ड गोलीसहित बारा फेटा गाउँपालिका–३ का ४१ वर्षीय शम्भुप्रसाद साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरिक्षक चक्रराज जोशीको टोलीले कानुलाई पक्राउ गरिएको हो।

‘कानुको गतिविधि शंकास्पद देखिएकाले जाँच गर्ने क्रममा उनको साथबाट कटुवा पेस्तोल र त्यसको ६ राउण्ड गोली बरामद भएको हो,’ महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने, ‘कानुको झोला तथा शरिर खानतलासी गर्दा कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा १ राउण्ड गोली चेम्बरमा लोड गरेको कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने ५ थान गोली झोलामा राखेको अवस्थामा फेला परेको हो।’

कानुलाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा म्याद थप गरी हतियार बोकी हिँड्नुको उद्देश्यमाथि अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.