|
फाइल फोटो

रौतहट : सवारी दुर्घटनामा रौतहटमा १ जनाको ज्यान गएको छ। जिल्लाको गौर-चन्द्रनिगाहपुर सडकखण्डको बृन्दावन नगरपालिकाअन्तर्गत कमलपटिमा मंगलबार दिउँसो जिपको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो।

गौरबाट चन्द्रपुरतर्फ गईरहेका विआर ०५एन३२७२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेका जिपले ठक्कर दिँदा मोटरसाइकल चालक गौर नगरपालिका-६ सबगढाका २५ वर्षीय दिनेश साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

ठक्करबाट अचेत अवस्थामा पुगेका युवक साहलाई स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेर तत्कालै गरुडास्थित हेल्थ ल्याण्ड अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले जानकारी दिए। ठक्कर दिने जिपसहित चालक फरार भएको हुँदा खोजतलास जारी रहेको चाँडै नियन्त्रणमा लिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.