|

धनगढी : कैलालीमा मोटरसाइकल चोरेर भाग्दै गरेका तीनजना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१ का त्रेस रसाइलीले घरको आगमनमा राखेको से३प ७९७२ नम्बरको मोटर साइकल चोरी भएको सूचनाका आधारमा प्रहरीले  तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

प्रहरीले धनगढी उपमहानगरपालिका-९ को स्यानु भन्ने उमेश धामी, सोही वडाका विशेष योगी र कञ्चनपुर बेलौरी नगरपालिका-२ का केशव रानालाई पक्राउ गरेको हो।

प्रहरी टोली देख्ना साथ चोरी गरेको मोटरसाइकल सडक छेउमा छोडी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चोरी भएको मोटर साइकलसमेत बरामद गरिएको छ।

उनीहरूविरुद्ध चोरीमा मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता बस्नेतले बताए। कैलाली जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.