समाज

बैतडीको निङ्गलाशैनी मन्दिरमा अनन्त चर्तुदर्शीको मेला
SHARES

भदौ २४, २०७६

    बैतडी : जिल्लाकाे प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला मंगलवारदेखि सुरु भएको छ।

    निंगलाशैनी भगवतीको भण्डार घरबाट शुक्रबार मन्दिरमा भण्डार भित्र्याएसँगै मेला-जात्रा सुरु भएको हो। यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन समेत रही आएको छ। जात्रामा चार दिनसम्म मन्दिरमा पूजाआजा लाग्ने गर्दछ। 

    भाद्र शुक्ल पूर्णिमाको बिहानसम्म सञ्चालन हुने जात्रामा नेपाल तथा भारत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका दशरथचन्द नगरपालिका २ का वडाअध्यक्ष रनबहादुर चन्दले जानकारी दिए। अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा मेला भर्नेको घुँइचो लागेको छ। 

    निङ्गलाशैनी भगवती मन्दिरमा बिशेष पूजा लाग्ने अनन्त चतुर्दशीको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिइने गरिएको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए। मेलाको अवसरमा मन्दिरमा तीनरात बस्ने उभिएर बत्ती बाल्ने महिला भक्तजनको घुँइचो लागेको छ।

    निंगलाशैनी भगवती मन्दिरमा तीनरात बसेमा तथा उभिएर बत्ती बालेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ।

    अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा बिशेष पूजाआजा समेत हुने गरेको छ। यो मेलालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रही आएको छ। यो जात्रामा सोराड र बैतडीको जात्रा आकर्षणको रुपमा रहेको छ।

    यो जात्रामा बलि नहुने र यो जातलाई ठूली जातको रुपमा मनाउने गरेको छ। प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा वर्षमा ४ पटक जात्रा लाग्ने गरेको छ। भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मंसीर शुक्ल पूर्णिमा, चैतको अष्टमीको दिन गरी चार पटक बिशेष जात्रा हुने गरेको  छ। 

    मेलालाई भव्य र सभ्य रुपमा सफल पार्न मेला अवधिभर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। मेलामा कसैले मदिरा सेवन तथा जुवातास खेलेको पाइएमा कानुन अनुसार कारवाही हुने जनाइएको छ।

     

    मेलामा देउडा प्रतियोगिता पनि सञ्चालन हुने बताइएको छ। सुदूरपश्चिमको मुख्य खेल देउडा खेलका लागी पनि यो मेलालाई विशेष रुपमा हेर्ने गरिन्छ।

    जिल्लाभित्र तथा जिल्ला बाहिरका देउडिया समेत यहाँ आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]