|

गुल्मी : जिल्लामा आउँदा प्रत्येक पटक सुरक्षाका लागि अगुवापछुवा पाउने गरेका प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल यसपटक सुरक्षा टोली नलिई जिल्ला पुगे। मगंलबार जिल्लामा नेत्र ज्योति संघको प्रदेशस्तरको अविधेशनको उद्घाटन गर्न आउँदा र जाँदा उनले  सुरक्षा पाएनन्।

यसअघि जिल्लाका विभिन्न कार्यक्रममा आउँदा केन्द्रकै मन्त्री सरह सुरक्षामा आउने गरेका मन्त्री बराल मगंलबार प्रदेश सरकारको गाडीमा राष्ट्रिय झण्डा फहराउँदै सुरक्षाविनै जिल्लामा आए। उनले कार्यक्रमको उद्घाटन गर्दै सफलताको शुभकामना दिँदै आर्थिक अभावमा नागरिकले उपचार पाएनौँ भन्ने अवस्थाको अन्त्य गर्ने प्रदेश सरकारको योजना रहेको बताउँदै रुपन्देही फिर्ता भए।

यता, गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिका प्रमुख यदुनाथ पौडेलले जिल्लामा सुरक्षाको अवस्थालाई मजबुत बनाइएको र सुरक्षामा कुनै समस्या नभएको दाबी गरे। प्रदेशका सामाजिक विकासमन्त्री जिल्ला आउँदाको प्रसंगमा उनले यसको जिम्मा जिल्ला प्रहरी कार्यालयको रहने र सुरक्षा व्यवस्था मजबुत बनाएकाले जनताका मन्त्रीलाई थप सुरक्षा दिनुपर्ने अवस्था नरहेको बताए।

यता, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले केन्द्रीयस्तरको मन्त्री जिल्लामा आउँदा र प्रदेशको मुख्यमन्त्री आउँदा सुरक्षाको थप रहने दाबी गर्दै प्रदेशका मन्त्रीलाई सुरक्षाको व्यवस्था नहुने बताए। सोमबार मात्रै जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी प्रमुखको रूपमा आएका खड्काले सो बताएका हुन्।

सुरक्षा दिने दायित्व उहाँहरू कै हो : आन्तरिक मामिला तथा कानुन मन्त्रालय

यता, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्रीका स्वकीय सचिव पवनकुमार कुँवरले जिल्लामा जाँदा सुरक्षा दिने अगुवा पछुवा व्यवस्थाको जिम्मा जिल्ला सुरक्षा समितिको भएको दाबी गरे। उनले मन्त्रीहरू जिल्लामा जाँदा कानुन मन्त्रालयमा जानकारी गराउने गरेको र सोहीअनुसार सुरक्षा हुने गरेको बताउँदै मन्त्रीहरुलाई सुरक्षा दिने जिल्ला सुरक्षा समितिको कर्तव्य र दायित्वभित्र पर्ने दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.