खेलकुद

फिफा विश्वकप छनोट : नेपालको ऐतिहासिक जित, चाइनिज ताइपेई २-० ले पराजित
SHARES

फाइल फोटो
भदौ २४, २०७६

    काठमाडौं : फिफा विश्वकप फुटबल २०२२ को एशिया छनोटको दोस्रो चरणमा नेपालले ऐतिहासिक जित निकालेको छ। चाइनिज ताइपेइलाई उसकै मैदान मुनिसिपल रंगशालामा २-० ले पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गरेको हो।

    नेपालको तुलनामा बलियो मानिएको र फिफा वरियतामा नेपालभन्दा अगाडि गरहेको चाइनिज ताइपेइलाई हराउन नेपालका अन्जन विष्टले उत्कृष्ट प्रदर्शन गरे। ताइपेईविरुद्ध दुवै गोल अन्जनले गरेका हुन्।

    पहिलो खेलमा कुवेतसँग ७–० गोलको फराकिलो अन्तरले पराजित नेपालले मंगलबार ताइपेईविरुद्धको खेल जित्दै स्पष्ट तीन अंक जोडेको छ।

    ताइपेई यसअघि पहिलो खेलमा जोर्डनसँग २–१ गोलले पराजित भएको थियो। दोस्रो चरणको छनोटमा नेपाल रहेको समूह 'बी'मा पाँचवटा देश रहेका छन्। कुवेत र जोर्डन अंक तालिकाको क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]