|

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पहिले आफ्नै संगठन सुदृढ गर्नुपर्ने बताएका छन्। उनले संगठन सुदृढ नभएकै कारण अधिकांश नेता चुनाव हारेको भन्दै संगठन सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन्।

स्वर्गिय विपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसरमा आज जनकपुरमा दोस्रो चरणको जागरण अभियानको उद्घाटन गर्दै उपसभापति निधिले पार्टीमा अन्तर्घात नहुने वातावरण बनाउनुपर्ने बताए। उनले कांग्रेसमै रहेर पनि स्वार्थ पुर्त नभएपछि दुःखी हुँदै चुनावमा अर्कै पार्टीलाई भोट दिने प्रबृति अन्त्य गर्नुपर्नेमा जोड दिए।

 उनले सरकारको गलत कदमको भण्डाफोर, मधेसी दलले जनतासँग गरिरहेको बेइमानी सहितका विषय जनता समक्ष पुर्याउन समेत जिल्ला तहका नेता तथा कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘कांग्रेसी-कांग्रेसीबीचको सम्बन्ध सुधानुपर्‍याे। जनतासँगको सम्बन्ध सुमधुर हुनुपर्‍याे र मतदाताको मन जित्नुपर्‍याे। यति गर्नसके अगामी निर्वाचनमा काँग्रेस मजबुत पार्टी बन्छ।’

उपसभापति निधिले मधेसवादी दलको नाममा राजपा र समाजवादी पार्टीले बेइमानी गरिरहेको बताए। ‘मधेसको पक्षमा संविधान संशोधनको आवाज उठाउने पार्टी कांग्रेस नै हो। यो कुरा जनतालाई बुझाउन सक्नुपर्छ’, उनले भने, ‘अहिले कम्युनिष्टको सरकार छ। तर संविधान संशोधन गर्न चाहेका छैन। मधेसवादी दल पनि उसकै पछि लागेको छ। यसले प्रष्ट भएको छ कि मधेसी दल पनि जनताप्रति इमान्दार छैन।’

संविधान कांग्रेसको नेतृत्वमा बनेकाले असोज ३ मा दिपावली गरेर संविधान दिवस मनाउन समेत कार्यकर्तालाई उनले निर्देशन दिए। उनले कम्यूनिष्टले संविधान बनाउन सकेन तर कांग्रेसले संविधान जारी गरेकोमा घमण्ड रहेको बताए। उनले संविधान दिवसको दिन जनतासँग अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्न भनेका छन्।

जनकपुरस्थित स्वर्गिय महेन्द्रनारायण निधि स्मृति प्रतिस्ठान परिसरमा १०६ रुख रोपेर जागरण अभियानको उद्घाटन गरेका छन्। उनले भने, ‘पार्टीको चुनाव चिन्ह रुख भएकोले प्रचार प्रसार हुने र वातावरण समेत जोगाउन मद्दत पुग्छ। त्यसैले रुख रोपेर जागरण अभियानको प्रारम्भ गरेका छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.