|

गुल्मी : प्रदेश १ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले रकम अभावका कारण उपचारबाट वन्चित हुने अवस्थाको अन्त्य गरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन।

नेपाल नेत्र ज्योति संघ प्रदेश ५ को प्रथम अविधेशनको गुल्मीमा मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले प्रदेशभित्रका प्रत्येक नागरिकका लागि रकम अभावले उपचारबाट वन्चित हुने अवस्थाको अन्त्य गर्ने गरी योजना बनाइरहेको बताएका हुन्। उनले नागरिकले अब रकम भएन भनेर रोग पालेर बस्नुपर्ने अवस्थाको अन्त्य हुने बताए।

प्रदेश ५ भित्र करिब ३० हजार नागरिकहरू दृष्टिविहीन रहेको भन्दै त्यस्ता नागरिकको उपचारका लागि प्रदेश सरकारले ६० प्रतिशत, स्थानीय सरकारले २० प्रतिशत र २० प्रतिशत नेपाल नेत्र ज्योति संघको सहयोगमा शल्यक्रिया गर्ने गरी योजना बनाएको बताए। उनले प्रदेश सरकारले सबै रोगको प्रदेशभित्रै उपचार गर्न सक्ने अस्पतालहरूको निर्माण गर्न लागेको पनि बताए। उनले प्रादेशीक अस्पताललाई पहिलो तहको एम्बुलेन्स राख्ने व्यवस्था गरिएको भन्दै अब अकालमै ज्यान जाने अवस्थाको अन्त्य हुने बताए।

यस्तै, उनले समयमा देशमा देखिएको डेगुं रोग नियन्त्रणभित्र रहेको दाबी गर्दै उपचारमा पनि कुनै समस्या नभएको बताए। डेगुं रोगलाई महामारीको अवस्थामा फैलिन नदिनका लागि प्रदेश सरकार सचेत रहेको पनि बताए। उपचारका लागि प्रदेश सरकार सक्षम रहेको दाबीसमेत गरे। उनले डेंगुको संक्रमण फैलिन नदिनका लागि सजगता उपनाउन आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.