खेलकुद

घरेलु टिमका लागि रोनाल्डोको ४ गोल, ४ मिनेटमा ह्याट्रिक
SHARES

भदौ २५, २०७६

    पोर्चुगलले युरोकप छनोटमा लिथुनियाविरुद्ध प्रभावशाली जित निकालेको छ। क्रिस्टियानो रोनाल्डोले चार गोल गरेको खेलमा पोर्चुगलले लिथुनियामाथि ५–१ को जित निकाल्न सफल भयो। पोर्चुगलका लागि अर्को गोल विलियन कार्भाल्होले गरे।

    खेलको सातौ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औ मिनेटमा घरेलु टोली लिथुनियाका लागि आन्द्रेयुके विसियसले बराबरी गोल फर्काए। तर उसका लागि दास्रो हाफ पिडादायी रह्यो।

    ६१ औ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाए। त्यसको चार मिनेटमा उनले ह्याट्रिक पुरा गरे। ७६ औ मिनेटमा उनले पोर्चुगललाई ४–१ को स्थितिमा ल्याएका थिए। केहि समयमा नै लगालग गोल खान पुगेको लिथुनिया खेलमा फर्कने कुनै मौका नै पाएन्।  दोस्रो हाफको इन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए।

    रोनाल्डोले ४ गोल पुरा गरेसँगै पोर्चुगलसँग ९३ अन्तराष्ट्रिय गोल पुरा गरेका छन्। ३४ वर्षका रोनाल्डोले आठ अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरेका छन्। समूह बीको दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ। समूहमा युक्रेन ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]