चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश न ३ का अध्यक्ष नारायण दाहाललाई पितृ शोक परेको छ। दाहालका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको मंगलबार राति निधन भएको हो।
चितवनको भरतपुरस्थित गौतमचोकमा रहेको निजी निवासमा उनको मंगलबार राति ९ बजे निधन भएको दाहालकाे परिवारले जनाएकाे छ।
नेकपा प्रदेश अध्यक्ष दाहालसहित उनका ४ छोरा र दुई छोरी रहेका छन्। श्रीमतीको यसअघि नै निधन भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।