|

संखुवासभा  ः  खाँदबारी नगरपालिका–९ तुम्लिङटार विमानस्थल क्षेत्रमा मात्रै मात्रै ६ जना डेंगु संक्रमित बिरामी भेटिएका छन्।

सदरमुकाम खाँदबारीमा १, मानेभञ्ज्याङमा १ र चैनपुरमा २ जनामा डेंगु देखा परेको थियो। योसहित डेंगु संक्रमित विरामी १० पुगेको जिल्ला स्वास्थ्य कर्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए। 

तुम्लिङटारमा पहिलो पटक डेंगु देखिएको स्वास्थ्य कार्यालयका प्रमुख बाह्रकोटी बताए। त्यसको एकसातामा ६ जनामा डेंगु देखिएको हो। खाँदबारी र चैनपुरमा बिरामी नबढेपनि तुम्लिङटारमा भने एकसातामा ६ जनामा डेंगु देखिएको हो।  जिल्ला अस्पतालका निमित्त प्रमुख डा लक्ष्मण खड्काका अनुसार केही समयअघि जिल्ला अस्पतालमा चेकजाँच गर्न आएका एक जनामा डेंगुको शंका लागेर नमुना स्वास्थ्य मन्त्रालयमा पठाइएको थियो। नमुनाको आधारमा डेंगु लागेको पुष्टि भएको खड्काले बताए। 

जिल्ला स्वास्थ्यले डेंगु नियन्त्रणका लागि काम सुरु गरिसकेको बताएको छ। स्वास्थ्य कार्यालयले तुम्लिङटारमा जनचेतना तथा  प्रचारप्रसार कार्यक्रम  सुरु गरेको छ। केही समयअघि सदरमुकाम खाँदबारीभन्दा बाहिर धरान, विराटनगर आवातजावात गर्नेहरुलाई मात्रै डेंगु लागेको आंशका गरिएको थियो । तर अहिले खाँदबारीभन्दा बाहिर नगएकाहरुलाई समेत डेंगु देखा परेको जिल्ला अस्पतालका डा. खड्काले बताए।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.