|

म्याग्दी : गत आइतवारदेखि अवरुद्ध हिमालपारीको जिल्ला मुस्ताङलाई राष्टिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन संचालन हुन सकेका छैनन्।

सडकमा चार दिनदेखि  सिधा सवारी अबरुद्ध बनेको छ। सडक खण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो।

पहिरोले सडकको करिब १० मिटर सडकको आधार नै भत्काएकाले भिरमा बिष्फोटक पदार्थको प्रयोग गरि नयाँ ट्याक निर्माणको तयारी गरिएको छ। डोजरको सहायताले मात्रै ट्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकरी दिए।

उनका अनुसार भत्किएको सडक मर्मतको काम भैरहेको छ। यात्रुहरुले बिच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता आएको छ। मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटकहरु, तिर्थयात्री र सर्वसाधारणले सास्ती भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.