|

म्याग्दी : गरिमा विकास बैकले अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

गाउँपालिकाका केन्द्र पोखरेबगरमा रहेको बैंकको शाखाले घरदैलोमै पुगेर खाता सञ्चालन तथा वडास्तरमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेपछि गाउँका वृद्धवृद्धा, एकल महिला, अपांगता तथा दलितलाई सहज भएको स्थानीय श्याम पूर्जाले बताए।

वडाभित्रका विभिन्न बस्तीमा रहेका बृद्धबृद्धाले भत्ता लिन पोखरेबगर आउनुपर्ने बाध्यता हटाएर गाउँमै वितरण गर्न समेत बृद्धबृद्धाले अनुरोध गरेका थिए।गाउँपालिकाले वडास्तरमै पुगेर भत्ता वितरण गर्ने अभियानलाई सघाउँदै बैंकले खाता खोल्ने तथा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको शाखा प्रबन्धक श्याम थापाले जानकारी दिए।

पहिलो चरणमा सामाजिक सुरक्षा भत्ताका ६७ वटा खाता खोलिएपनि विस्तारै विद्यालयदेखि समुदायसम्म पुग्ने बताए। सोही अवसरमा वडा अध्यक्ष चन्द्रबहादुर फगामीले बैंकका प्रतिनिधिको उपस्थितीका बृद्धबृद्धालाई घरमै र अन्यलाई वडास्तरमा भत्ता वितरण गर्ने प्रतिबद्धता  जनाएका थिए। ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्ने झण्झट पनि नहुने भएकाले बैंकिङ प्रणालीमार्फत रकम वितरण गर्दा सुरक्षित र पारदर्शी हुने बैंकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.