|

सल्यान : बन्गाड कुपिन्डे नगरपालिका–१० माझकाँडाकी दुई बालिका एक सातादेखि परिवार र आफन्तसँग सम्पर्कविहीन छन्।

श्री भगवती आधारभुत विद्यालयमा माझकाँडामा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया खीमा वली र कक्षा ६ मा अध्ययनरत १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएकी हुन्। भदौ १९ बेलुका ७ बजेसम्म घरमै खेलिरहेका उनीहरु अकस्मात हराएको खिमाका बुवा अम्बर वलीले बताए। 

छरछिमेक, वरपर खोजबिन गर्दा पनि फेला पार्न नसकेको वलीको भनाइ छ। दुवै बालिकाको खोजी कार्य भइरहेको प्रहरी चौकी बालुवासंग्रहीका इन्चार्ज दीपक शाही ठकुरीले बताए। दुवै बालिकाको फोटो र हुलियाका आधारमा खोजी भइरहेको र हालसम्म फेला पार्न नसकिएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.