|

काठमाडौं :  नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल भारतले सिमाना मिच्दैमा तारबार गर्न नहुने बताएका छन्। संघीय संसदअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार बोल्दै पूर्वमन्त्रीसमेत रहेका कँडेलले यसो गर्दा दुई देशबीचको सम्बन्ध बिग्रिने बताए।

‘भारतले सार्यो भन्दैमा बन्द गर्नुपर्छ भन्ने पक्षमा म छैन। यसले सम्बन्ध झन् बिग्रिन्छ’, उनले भने, ‘यसो गर्नु भन्दा कूटनीतिक पहल नै महत्वपूर्ण हुन्छ।’ भारतमा अपराध गरेकाहरु नेपालको भूगोलमा आएर लुकिरहेको बताउँदै उनले यसलाई नियमन गरिनुपर्ने बताए। 

‘भारतमा अपराध गरेकाहरु मोस्ट वान्डेटहरू नेपालको सिमानमा आएर लक्छन्। त्यही कारण भारतीय प्रहरी नेपालमा छिर्छन्’, उनले भने, ‘सुस्तामा पनि त्यही भएको हो। अपराधीहहरू लुकेपछि भारतीय प्रहरी नेपाल छिर्छन्। नेपालले सिमानामा सुरक्षा दिन नसक्दा यस्तो भएको हो।’

उनले सीमामा काँडेतारले झन् समस्या बढ्ने बताए। ‘काँडेतार होइन, कुटनीतिक विधिबाट समस्या समाधान गरेर सम्बन्ध सुधार्नुपर्छ’, उनले थपे, ‘काँडेतार लगाएमा भारतसँग सिमाना जोडिएर बसेका नागरिक आन्दोलित हुन्छन्। काँडेतार होइन, जे चलिरहेको छ, त्यो यथास्थितिमै रहन दिऊँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.