|
फाइल फोटो

 काठमाडौं : केही दिनअघि विदेश लैजान्छु भन्दै भारतको मुम्बई पुर्‍याइएकी नेपाली महिलालाई  प्राज्ञिक विद्यार्थी परिषदको सक्रियतामा भारतीय प्रहरीले उद्दार गरेको छ।

राष्ट्रिय संगठन सचिव नारायण ढकालका अनुसार ती महिलालाई १० दिनअघि भारतमा पुर्‍याइएको थियो। उनलाई भारतमा विचल्ली बनाएको खबर पाउनासाथ विद्यार्थी परिषदले भारतमा अवस्थित अखिल भारतीय विद्यार्थी परिषदको सहयोग लिएको सचिव ढकालले जानकारी दिए।

उनलाई मुम्बई पुर्‍याउन साथ उनको खोजीमा पुगेका उनका श्रीमानसहित तीनजना भारत पुगेका थिए। साथै भारतीय प्रहरीले अभियुक्तलाई ५ घण्टामा पक्राउ गर्न र ती महिलालाई उद्दार गर्न सफल भएको पनि ढकालले जानकारी दिए। नेपाली पीडित महिलालाई उद्धार गरी श्रीमानसहित उनी मंगलबार बिहानै काठमाडौं फर्किएसकेको ढकालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.