|

जाजरकोट : मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि बनाएर नलगाड नगरपालिकाले मदिरा नियन्त्रण सुरु गरेको छ।

नगरपालिकाभित्रका सबै वडामा अवैध रूपमा मदिरा सेवन गर्ने तथा बिक्री वितरण गर्नेलाई १० हजारसम्म जरिमाना गर्ने कार्यविधिमा उल्लेख छ। एकै व्यक्तिले पटक-पटक मदिरा सेवन तथा बिक्री गरेमा दुवैलाई जरिमाना हुँने कार्यविधिमा उल्लेख छ। मदिरा सेवन गरेर हो-हल्ला गर्नेलाई पहिलोपटक १ हजार, दुई वा सोभन्दा पटक गरेमा ५ हजार जरिमाना गर्ने कार्यविधिमा उल्लेख छ।

मदिरा बिक्री वितरणलाई सहयोग गर्नेलाई समेत जरिमाना गरिने भएको छ।  इजाजत नलिएर मदिरा बिक्री वितरण गरेमा पहिलोपटक ३ हजार र पटक-पटक ५ हजार गरेर कार्वाही गरिने बताएको छ। १८ वर्ष नपुगेको व्यक्तिले मदिरा सेवन तथा बिक्री गरेमा २ हजारदेखि ५ हजारसम्म जरिमाना गर्ने व्यवस्था रहेको छ।

सार्वजानिक पद धारण गरेको व्यक्तिले सेवन गरेमा सार्वसाधारणभन्दा दोब्बर अर्थात् १० हजारसम्म जरिमाना गरिने भएको छ। मदिरा सेवन तथा बिक्री वितरण गरेको सूचना दिनलाई विगो अर्थात् सजायको १० प्रतिशत रकम बढाएर पुरस्कार दिइने कार्यविधिमा उल्लेख छ।

त्यस्तै, मदिरा विक्री वितरण गर्ने इजाजत लिएको व्यक्तिले बिक्री गरेको परिणाम, लिने व्यक्तिको नाम, समय र मिति उल्लेख गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए। अहिले कार्यविधिमाथि स्थानीयवासीको सल्लाह, सुझाव लिने काम भएको उनले बताए।

नगरपालिकाले नगरका सबै ठाउँमा सो कार्यविधि लिएर स्थानीयवासीको सल्लाह, सुझाव लिने काम चलिरहेको नगरप्रमुख टेकबहादुर रावलले बताए। नगरपालिकाभित्र भएका सबै अनुमति नलिएका मदिरा पसलले अनुमति लिएर मात्र काम गर्न आग्रह गरिएको छ।

नगरपालिकाले बेलुका ७ बजेदेखि ९ बजेसम्म मात्र मात्र सेवनका लागि समय खुल्ला गरेको थियो। मदिरा सेवन गनेबाट जरिमाना गरिएको रकम सामाजिक कार्यमा लगाइने समेत बताएको छ। मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिमाथि छलफल लिँदै स्थानीयले कडाइका साथ लागू गरेर समृद्ध समाज निर्माणका लागि एक सकल्प गर्नुपर्ने बताएका छन्। अवैध पसललाई तुरुन्तै नियन्त्रण तथा नियमण गर्नसमेत सुझाब दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.