|

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने भूरुङ तातोपानी राउण्ड अन्नपूर्णको पदयात्रामा आउने पर्यटक, मुक्तिनाथमा आउने तीर्थयात्री र पर्यटकीयस्थल घोडेपानी, पुनहिल, रुप्से झरना र अन्ध गल्छी अवलोकनका लागि आउने व्यक्तिहरुको थकाई भगाउने महत्वपूर्णस्थल बनेको छ।

मुलबाट नै ४७ डिग्री सेल्सीयस तापक्रमको तातोपानी आउने यस कुण्डमा डुवेपछि यात्राको थकान दुर हुनुका साथै शरिरलाई आराम मिल्ने हुँदा यहाँ यात्रामा जाने र फर्कने मानिसहरु एक दिन रोकिएरै भए पनि डुवेर मजा लिने र रिल्याक्स गरेर फर्कने गर्छन्।

प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तिरेर यहाँ मन लागुन्जेलसम्म डुव्न पाइन्छ। यो तातोपानी कुण्डमा सधैभरी यसैगरी भीड लाग्ने गर्छ।

ग्याष्टिक, वायु, गोला, युरिक एशिड,सर्केमर्केको लगाएतका विरामीहरु पनि यहाँ डुवेपछि निको हुने गरेका छन्। विशेष गरी यो तातोपानी कुण्डमा विदेशी मुस्ताङ जाने आउने विदेशी पर्यटक र तीर्थयात्रीहरु यात्राको थकान भगाउन र आनन्द लिनका लागि डुबुल्की लगाउने गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.