|

भारतीय सैनिकले चीनको सिमा नजिकै पहिलोपटक युद्ब अभ्यास गर्ने भएको छ। आगामी अक्टुबरमा माउंटेन स्ट्राइक काँप्सको ५ हजार सैनिकले अरुणाचल प्रदेशमा चीनको सीमा आसपासमा  युद्ब अभ्यास गर्न लागेको हो। १७ माउंटेन स्ट्राइक काँप्सको भर्खरै मात्र गठन भएको थियो।
 

यसको लागि भारतीय सैनिकले पाँच छ महिनादेखि अभ्यास गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। सेनाको विशेष सुत्रले संवाददातालाई भने,' युद्ब अभ्यासमा तेजपुरका ४ काँप्स सैनिक जवान सहभागी हुनेछन्।' 

भारतीय संचारमाध्यमको अनुसार १७ माउंटेनबाट २५ सय सैनिक जवानलाई भारतीय वायु सेनाबाट त्यहाँ लगिनेछ। यसको लागि वायुसेना नवीनतम ट्रान्सपोर्ट एयरक्राफ्ट सी-१७, सी- १३० सुपर हरक्युलस र एएन-३२ को प्रयोग गरिने भएको छ। ती सैनिकलाई भारतको पश्चिम बंगालको बागडोगराबाट अरुणाचल प्रदेशको युद्ब क्षेत्रमा पठाइनेछ। १७ माउंटेन स्ट्राइक काँप्सको सैनिकलाई ५९ माउंटेन डिवीजन बाट लगिनेछ।

सैनिक सुत्रका अनुसार चीनको पहाडी क्षेत्रमा युद्बको समयमा १७ माउंटेन स्ट्राइकले धेरै भन्दा धेरै काम गरोस भनेर यसलाई इंटीग्रेटेड युद्ब समूहको परिवर्तन  गरिनेछ। सेना प्रमुख जनरल बिपिन रावतका अनुसार यसलाई नया ढंगको प्रक्रियाबाट लान सकियोस। जब यो आईबीजी बन्छ, तब यसले दुश्मनलाई सहज ढंगले आफ्नो काबुमा राख्ने छ। त्यसलाई ध्वस्त पार्न पनि सक्षम हुनेछ ।

भारतीय सञ्चार माध्यमका अनुसार यो एक डीवीजन भन्दा सानो हुन्छ। यसले इंफैंट्री, रेजीमेंटस टैंक, तोप, ईन्जिनियर सांकेतिक इशारा एकैपटक पाउनेछ। युद्बमा दुश्मनलाई परास्त गर्नको लागि नेतृत्व गर्नेछ। आईबीजीको पहिलो समूह ९ काँप्स देखि हुन्छ। यिनिहरु पंजाब र पाकिस्तानको सिमानामा तयारी अवस्थामा छन्। अन्य समूहको १७ माउंटेन काँप्स र ३३ काँप्स सँगै व्यवस्था हुनेछ। हाल पुर्वी क्षेत्रमा चीनको सिमाना युद्बका तयारी अवस्थामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.