|

जनकपुरधाम : इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहर्रम (दाहा) पर्व जनकपुरमा हर्षोल्लासपुर्वक मुस्लिम समुदायले मनाएका छन्। यस पर्वको अवसरमा आज घरेलु हतियार प्रदर्शन गरेको हो।

तीन दिनसम्म मनाइने मोहरमको बुधबार अन्तिम दिन मुस्लिम युवाहरुले एकआपसमा लाठी, भाला तथा झर्नीसमेत खेलेका छन्। गाउँगाउँबाट पर्वका अवसरमा मुस्लिम समुदायले दाहा मेला भर्न जनकपुर आएपछि जिरोमाइल क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि तीन दिनसम्म मोहरम्म मनाउने चलन छ। इराकको करवलामा भएको धार्मिक युद्धमा इस्लाम धर्मावलम्बी इस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेबको नाति हजरत इमाम हुसेनलगायत ७२ जनाले शहादत प्राप्त गरेको सम्झनामा मोहरसम्म मनाउने गर्छ। हरेलु हतियार प्रदर्शन गरेर आफ्नो धर्मको परम्परा निभाएको मुस्लिम समुदायको अगुवा मो. अतारुल रहमानले बताए।

मोहर्रम पर्वको अवसरमा मुस्लिम समुदायले आकर्षक (रंगिचंगी) दाहा समेत बनाउने गर्छ। तर जनकपुरको जिरोमाइलस्थित कवर्ड हल खेलकुद मैदानमा हिन्दु समुदायका अगुवाहरुले १२ लाखको लागतमा २ सय १५ फिट उचाईको दाहा बनाएका छन्। अहिले त्यहाँ विशाल मेला लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.