|

पाँचथर : पाँचथर प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विजय नेम्बाङलाई पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको अप्रेशन टोलीले मंगलबार जिल्लाको फिदिम नगरपालिका-१४, लुङ्रुपाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको बताए। पक्राउ परेका सेक्रेटरी नेम्बाङले जिल्लामा स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, ठेकेदार र गैह्रसरकारी संघसंस्थाका प्रतिनिधिलाई फोन गरी चन्दा माग्ने र नदिए धाकधम्की पनि दिने गरेको सूचनाको आधारमा पहिलेदेखि नै खोजी गर्दै आएको न्यौपानेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.