|
फाइल फोटो

हेटौंडा : प्रदेश ३ को प्रदेशसभाको वर्षे अर्थात् बजेट अधिवेशन बुधबार राति १२ बजेबाट अन्त हुने भएको छ। प्रदेश ३ ले चौथो अधिवेशनसम्ममा ४५ वटा विधेयक ल्याएको छ भने ३८ वटा कानुनको रूपमा प्रमाणीकरण भइसकेको प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जनाकारी दिएका छन्। 

बुधबार नै भएको बैठकमा दुईवटा विधेयक पारित भएको छ।  सार्वजनिक निजी, सहकारी साझेदारीसम्बन्धी विधेयक र प्रदेशमा औद्योगिक व्यवसाय स्थापना तथा संचालनसम्बन्धी विधेयक पारित भएको हो। 

राजधानी र नामकरण आएन

प्रदेशसभाको वैठकमा बारम्बार सत्तापक्ष र प्रतिपक्षका सांसदले राजधानी र नामकरणको विषय ल्याउनु पर्ने माग गरेता पनि यो अधिवेशनमा पनि उक्त विषयले प्रवेश पाएन। सत्ता पक्षकै सांसद तथा नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्य, सांसदहरू राजेन्द्र पाण्डे, चन्द्र लामा, रत्न ढकाल, लक्ष्मण लम्साललगायतका सांसदले अधिकांश विशेष समय र शून्य समयमा उक्त विषय उठाएता पनि राजधानीको विषयले प्रवेश नपाएको हो।

यस्तै, प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँसहित नेपाली कांग्रेसका सांसद, विवेकशीलका सांसदसहित अन्य दलले पनि राजधानीको विषय टुङ्ग्याउनु पर्ने बताउँदै आएका थिए। जवाफमा मुख्यमन्त्री पौडेल र नेकपा प्रदेश ३ का मुख्य सचेतक रामेश्वर फुँयालले यहि अधिवेशनमा टुङ्गिने दाबी गरेका थिए।

यस्तै प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले पनि राजधानी र नामकरणको विषय यही बजेट अधिवेशनमा नै ल्याउने बताएता पनि उक्त विषयले प्रवेश नपाई अधिवेशनको बुधबार राति १२ बजेबाट अन्त्य हुने भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.