|
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।

कांग्रेस महामन्त्री कोइरालाले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजाने खतरनाक प्रयास गरिरहेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका हुन्। मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजान प्रधानमन्त्री ओलीको सो भूमिका मुलुककै लागि खतरनाक हुने उनको बुझाइ छ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासंघको तेस्रो वार्षिक साधारणसभालाई बुधबार नवलपुरको गैंडाकोटमा उद्घाटन गर्दै उनले संविधान परिवर्तन गर्ने सरकारको प्रयासलाई सफल हुन नदिने चेतावनी पनि दिए।

महामन्त्री कोइरालाले संविधानमा केरमेट गर्ने सरकारको प्रयासलाई सफल हुन नदिन आफ्नो पार्टी सचेत रहेको पनि बताए। उनले नेपाली जनताको ७० वर्षदेखिको चाहना पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको भए पनि सरकारले जनताको चाहना र भावनाअनुसार काम गर्न नसकेको दावी पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.