|

सुनसरी : एपिएफका दिपेश धामी, सेनाका रत्नजित तामाङ, भोजपुरका विकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम ८ मा पुग्न सफल भएका छन्। इटहरी रंगशाला परिषरमा रहेको कबर्ड हलमा जारी उच्च १६ वरीयताका खेलाडीबीच भएको पुरुष एकलको लिग खेलमा चारैजना खेलाडी आ-आफ्नो समूहमा शीर्ष स्थान हात पार्दै क्वाटरफाइनल प्रवेश गरेका हुन्।

समूह 'बी'का राष्ट्रिय च्याम्पियन दिपेश धामीले सेमिफाइनल प्रवेशका लागि समूह 'डी'का उपविजेता सेनाका रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्ने छन्। यस्तै, समूह 'डी'का विजेता सेनाका नवीन श्रेष्ठले समूह 'बी'का उपविजेता सेनाका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्नेछन्। समूह 'ए'मा रत्नले आफ्ना सबै तीन प्रतिद्वन्दीलाई पराजित गर्दै समूह बिजेता भएका हुन्।

उक्त समूहबाट उपविजेताका रुपमा पुलिसका जीवन आचार्यले अन्तिम आठमा स्थान बनाए। अब रत्नले समूह 'सी'का उपविजेता पुलिसका सुनिल जोशीसँग प्रतिस्पर्धा गर्ने छन्। यस्तै समूह सीका विजेता विकासले 'ए' का उपविजेता जीवन आचार्यको सामना गर्ने छन्। महिला उच्च १२ तर्फको एकलमा एपिएफकी जेशिका गुरुङ र सुनैना मुखिया तथा सेनाकी अनुमाया राईले पनि अन्तिम ८ मा स्थान बनाए।

प्रतियोगिताको महिला खुला एकलतर्फ जेष्टकी मनिषा खड्का, सूर्खेतकी पुष्पा शाही, बाँकेकी सुष्मा श्रेष्ठ, एपिएफकी निकिता लामा, कैलालीकी प्रार्थना देउवा र रुपन्देहीकी सुन्दरी थारूले अन्तिम आठमा स्थान सुरक्षित गरे।

पुरुष युगलतर्फ एपिएफका विजित थापा मगर र दिपेश धामीको जोडी, सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी, बाँकेका रियाज अन्सारी र ईरफान अन्सारी तथा पुलिसका पूर्णबहादुर थापा र गौरव दाहालको जोडीले पनि अन्तिम आठमा स्थान बनाउन सफल भए।

ईटहरीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष खुलातर्फ सेनाका पविन लिनथेप, गोकुल जोरा र दिवस शंकर, कैलालीका अमृत चौधरी र देवराज राना, बाँकेका रियाज अन्सारी, ललितपुरका ससिन डङ्गोल, बुढासुब्बाका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरी, एपिएफका प्रियान्सु सिंह क्षेत्री, ईन्द्र महता, पेम्बा शेर्पा र निराजन देवकोटा, पुलिसका गौरव दाहाल र पूर्ण बहादुर थापा तथा रुपन्देहीका किरण बिष्ट प्रिक्वाटरमा प्रवेश गरेका छन्।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा छात्र यु १७ तर्फ एपिएफका पेम्बा शेर्पा र प्रियान्सु सिंह क्षेत्री, कैलालीका जैबी साउद र अमृत चौधरी, कञ्चनपुरका हिमाल चन्द, दाङ्गका सुरज गुप्ता, सफिक ईद्रिसी र हिमांशु कुँवर, ताप्लेजुङ्गका मिलिङ्ग गुरुङ, कपिलवस्तुका रोहित बराल, सेनाका भोजबहादुर गुरुङ, दिवस शंकर र गोकुल जोरा, सुर्खेतका नरेन्द्र बम, बुढासुब्बाका सत्यम सुब्बा र सुनसरीका सशांक सुब्बाले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.