|

यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ। सार्वजनिक ठाउँमा होस् परिवार भित्र यौन हिंसाको शिकारमा महिला पर्दै आएका छन्।

हालै बेलायतमा अर्को घटना घटेको छ। २८ वर्षिय रचेल नाम गरेकी महिलाले आफू आफ्नै सौताने पिताबाट पटक पटक बलात्कार गरेको बताएकी छिन्। उनले आफ्नो पहिचान सार्वजनिक गर्दै तिन पटकसम्म एबोर्शन गरेको पनि बताएकी छिन्।

उनी जब ७ वर्षको थिइन् त्यसबेला देखि नै उनका सौतिना पिता एनोकी एन्ड्रूले आफूलाई यौन हिंसा गर्ने गरेको बताएकी छन्। ४४ वर्षीय एन्ड्रुलाई हालै अदालतले २० वर्षको जेल सजाय तोकेको छ। डेली मेलका अनुसार रचेलमाथि भएको यौन हिंसामा उनकी आमा पनि संग्लन थिइन्।

आमालाई समेत अदालतले महिला हिंसामा सघाउ पुर्‍याएको आरोपमा ५ वर्षको जेल सजाय सुनाएको छ। अदालतले जेल सुनाएपछि रचेलले एक अन्तर्वार्ता भनेकी छिन्,  'दुबै जना जेलभित्र छन्। मैले अब सुरक्षीत महसूस गरिरहेको छु।'

रचेल ४ वर्षको छदाँ  उनका पिता आमासँग अलग भएका थिए। सन् २०००  मा आमाले  एन्ड्रूसँग डेट  शुरू गरेकी थिइन्। सुरूवाती दिनमा सौतिने पिताले आफूलाई माया गरेको र आमासँग विवाह हुनुभन्दा एक हप्ता अघि देखि आफूलाई बलात्कार गर्न सुरू गरेको उनले बताएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.