|

पाकिस्तान जम्म-काश्मिरको मुद्दामा अन्तर्राष्ट्रिय समर्थन पाउन असफल भएको छ। पाकिस्तानले अन्तर्राष्ट्रिय समर्थन नपाउनमा प्रधानमन्त्री इमरान खान जिम्मेवार रहेको पाकिस्तानको गृहमन्त्री बिग्रेडियर एजान अहमदले बताएका छन्। इमरान खान र उनको सरकारले देशको छवि बिगारिरहेको उनले आरोप लगाएका छन्।

एजाजले एक टिभी च्यानलसँग कुरा गर्दै भने, 'अन्तर्राष्ट्रिय समुदायको पाकिस्तान प्रति विश्वास छैन। हामी भन्छौ भारतले कश्मीरमा कर्फ्यु लगायो। त्यहाँको नागरिकलाई स्वतन्त्रा दिएन भन्छौँ। तर, कसैले पनि हाम्रो विश्वास गर्दैन।'

अन्तर्राष्ट्रिय समुदायले भारतको विश्वास गरिरहेको उनको भनाइ छ। उनले भने, 'अन्तर्राष्ट्रिय समुदायले हाम्रो कुरालाई गम्भीरताक साथ लिँदैनन्। पूर्वप्रधानमन्त्री बेनजीर भुट्टो, परवेज मुसरफले देशको छवि बिगिर्नुमा पुर्व प्रधानमन्त्री जिम्मेवार रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.