|

काठमाडौं :  डेंगु संक्रमण देखिएपछि अस्पताल भर्ना भएका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

डेंगुको संक्रमण देखिएपछि गत शुक्रबार नर्भिक अस्पताल भर्ना भएका डा. रुइत डिस्चार्ज भएका हुन्। स्वास्थ्य अवस्था सामान्य भए पनि नर्भिकका चिकित्सकले उनलाई १० दिन घरमै आराम गर्न सुझाव दिएका छन्। त्यसैले अस्पतालबाट डिस्चार्ज भए पनि डा रुइत तत्काल बिरामीको उपचारमा संलग्न नहुने र घरमै आराम गर्ने बताइएको छ।

डेंगु ज्वरो देखिएपछि डा. रुइतसँगै अस्पताल भर्ना भएकी उनकी छोरी पनि अस्पतालबाट डिस्चार्ज भएकी छन्। तर, भाञ्जी भने अझै अस्पतालमै छिन्। गत शुक्रबार ज्वरो आएपछि आफै नर्भिक अस्पतालमा स्वास्थ्यजाँचका लागि पुगेका डा रुइतलाई परीक्षणको क्रममा डेंगु भएको पुष्टि भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.