राजनीति

राष्ट्रिय युवा संघको केन्द्रीय समिति ३३५ सदस्यीय, कार्यालय पेरिसडाँडामा
SHARES

भदौ २६, २०७६

    काठमाडौं : तत्कालीन माओवादी र एमाले सम्बद्ध युवक संगठन वाइसिएल नेपाल र प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल (प्ररायुसंघ) बीच एकता भई बनेको राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति ३ सय ३५ सदस्यीय बन्ने भएको छ।

    संगठनका इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक रमेश पौडेल उपस्थित विषेश बैठकले केन्द्रीय समिति ३सय ३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति माग्ने निर्णय गरेको हो। बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै राष्ट्रिय युवा संघले चारजना पछि थप्ने गरी ३सय ३१ मध्ये साविक युवासंघ नेपालबाट १ सय ७६ र वासिएलबाट १ सय ५५ जना सदस्य चयन गर्ने जनाएको छ।

    केन्द्रीय समितिको १ सय ११ सदस्यीय सचिवालयमा साविक वासिएलबाट ५२ र साविक युवा संघबाट ५७ सदस्य चयन गरिने पनि संयोजक दीपशिखा र सह–संयोजक पौडेलले संयुक्त रूपमा जारी गरेको निर्णयमा उल्लेख छ। केन्द्रीय कार्यालयको ९ जना सदस्यका लागि साविक युवा संघबाट ५ र साविक वासिएलबाट ४ सदस्य चयन गर्ने भएको छ।

    त्यस्तै, ७ प्रदेशमध्ये ३ मा साविक वाइसिएल र ४ मा साविक युवा संघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने र ७७ जिल्लामध्ये ४२ जिल्लामा साविक युवा संघले र ३५ जिल्लामा साविक वाइसिएलले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने निर्णय गरेको छ।

    संगठनको केन्द्रीय कार्यालय तत्कालीन नेकपा माओवादी पार्टीको कार्यालय रहेको स्थान काठमाडौंको पेरिसडाँडामा राख्ने निर्णय भएको छ।

    राष्ट्रिय युवा संघले एकता प्रक्रियालाई टुंग्याउन यहि शुक्रबार साविक पदाधिकारीको संयुक्त बैठक डाकेको छ। उक्त दिने कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको युवा संघले जनाएको छ।  साथै नयाँ चयन हुने केन्द्रीय समितिको बैठक असोज ९ गते काठमाडौं बस्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]