धनगढी : अज्ञात समूहले गौरीगंगा नगरपालिका वडा नम्बर–२ पुरानो चौमाला बजारस्थित वडा कार्यालयमा तोडफोड गरेको छ। दुई मोटरसाइकलमा आएका ६ जनाको समूहले वडा कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएका छ।
अज्ञात समूहले कार्यालयको कम्प्युटर, प्रिन्टर, टेबुल लगायत तोडफोड गरेको प्रहरीले जनाएको छ। ‘अज्ञात समूहले तोडफोड गरेका छन् तर, कसैलाई हातपात गर्न पाएनन्। उनीहरू फरार भए।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए। तोडफोड गर्नेहरुको खोजी भइरहेको उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।