|
फाइल फोटो

काठमाडौं : २ जेठ २०७५ देखि मलेसियाको रोजगारी खुलाइएको छ। मलेसियामा दुई देशका प्राविधिक समितिकै बैठकले गत कात्तिकमा नेपाल र मलेसियाबीच भएको सहमतिअनुसार रोजगारी खुलाउने सहमति भएको दाबी गरिएको छ। 

नेपाली कामदारहरूको मुख्य श्रम गन्तव्य मुलुकका रूपमा रहँदै आएको मलेसियाको रोजगारीमा औपचारिक रूपमा १५ महिनादेखि बन्द थियो। 'दुई देशका प्रावधिक कमिटीको बैठक सकिएको छ गत कात्तिकमा भएको सहमतिअनुसार नै रोजगारी खुलाउने सहमति भएको छ' मन्त्रालय स्रोतले भन्यो 'सम्भवत: आगामी आइतबारदेखि रोजगारी खुल्नेछ'। तर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले यस विषयमा आफू जानकार नरहेको प्रतिक्रिया दिएका छन्।

 

मलेसियाको वार्तताको लागि श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको टोली मलेसिया गएको छ। तत्कालका लागि स्वास्थ्य परीक्षण गर्न पुरानै ३६ स्वास्थ्य संस्थाहरू कायम रहने भए पनि केही समयमा नै पुरानै सहमतिअनुसार व्यवस्था गरिने जनाइएको छ। 

स्वास्थ्य परीक्षणको लागि नेपाल सरकारले छनोट गरेका संस्थाहरूको अनुगमन गर्नका लागि मलेसियाको टोली नेपाल आउने जनाइएको छ। सरकारले १२२ संस्थालाई अनुमति दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.