|

बैतडी : जिल्लाको पाटन बजारमा एनआइसी एसिया बैंक लिमिटेडको शाखा स्थापना भएको छ। 

बिहीवार पाटन नगरपालिकाका प्रमख केशबवहादुर चन्दले उक्त शाखाको उद्घाटन गरे। पाटनमा उक्त बैंकको एटिमसहितको शाखा स्थापना भएको बैंकका शाखा प्रवन्धक तेज भण्डारीले जानकारी दिए। पाटनमा एटिमसहितको सेवा दिने एनआइसी एसिया पहिलो बैंक समेत बनेको छ। 

उक्त बैंकले सुदूरपश्चिमका सबै जिल्लावाट सेवा दिइरहेको छ। सुदूरपश्चिममका विभिन्न १९ स्थानमा शाखा रहेको एनआइसी एसिया बैंकको २ स्थानबाट शाखारहित बैंकिङ सेवा र २ स्थानमा राजश्व संकलन काउण्टर समेत सञ्चालनमा रहेका छन्। 

पाटनमा स्थापना भएको उक्त बैंकको शाखाले बैंकिङसम्बन्धी सम्पूर्ण सेवा दिने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.