|

काठमाडौं : सांस्कृतिक पर्व इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालन गर्न अक्षय कोष स्थापना गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच कोषको पाँच करोडको कोषको घोषणा गरिएको हो।

अक्षय कोष निर्माण गर्नको लागि तीनै तहको सरकारको योगदान रहेको छ। संघीय सरकारले १ करोड ५० लाख, प्रदेश सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख दिएको छ।

काठमाडौं महानगरपालिकाको प्रमुखको अध्यक्षमा कोष सञ्चालन गर्नका लागि समिति बन्ने भएको छ। पर्यटन मन्त्रालयको प्रतिनिधि एकजना, प्रदेश तीन सरकारको प्रतिनिधि एकजना, गुठी संस्थानको प्रतिनिधि एकजना, दरबार हेरचाह अड्डाको प्रमुख, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष र महानगरपालिका सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव रहने छन्। इन्द्रजात्राको संचालन सम्बन्धी कार्यविधि काठमाडौं महानगरपालिकाबाट निर्धारण भएबमोजिम हुनेछ।

संस्कृतिको संरक्षण गरी त्यसलाई जीवन्त राख्नु नेपाल सरकारको कर्तव्य रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले बताए। इन्द्र जात्रा पनि ऐतिहासिक पर्व भएकोले यसको संरक्षण गर्नको लागि मन्त्रिस्तरीय बैठकबाट निर्णय गरि कोषको स्थापना गरिएको उनको भनाइ छ।  सरकारको मुख्य प्राथमिकतामा स्थानीय रुपमा मनाइने जात्रा र संस्कृतिको संरक्षण रहेको उनको छ। आगामी दिनमा कोषको रकम थप्दै जाने उनले प्रष्ट पारे ।

वर्षेदेखि कोष स्थापना गर्ने प्रयास गरेको भएपनि यसपालि स्थापना गर्न सफल भएको काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले बताए। चाडपर्वलाई व्यवस्थित गरेर मनाउनको लागि स्थानीय सरकारको मुख्य भूमिका हुने भएकोले कोष स्थापनाको जरुरी रहेको उनको भनाइ थियो। काठमाडौं महानगरपालिका भित्र मनाइने भएकोले इन्द्रजात्रा मनाउनको लागि महानगर बढी जिम्मेवार हुनुपर्ने उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.