|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गरेका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। 

४५ जिल्लाका करिब ७० हजार नेपाली डेंगुबाट प्रभावित भएको र २० जना भन्दा धेरैले ज्यान गुमाइसकेको अवस्थामा मन्त्री बास्कोटाले सरकारले काम गरि नै रहेको दाबी गरे।  

‘डेंगु फैलिएको छ, धेरैलाई दुःःख दिएको छ। तर नियन्त्रणबाहिर गएको छैन’, उनले भने, ‘वैशाखदेखि डेंगु फैलिएको हो। सरकारलले काम गरिरहेको छ। यसमा स्वास्थ्य मन्त्रालय अझै सक्रिय रहेको छ।’ 

मन्त्री बास्कोटाले डेंगुबाट विश्वका तीन अर्ब मानिस जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको भनाइ उद्धृत गर्दै सरकारले नागरिकको उपचारको स्रोत साधन मिलाइरहेको बताए। 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले डेंगु नियन्त्रणका लागि सरकारले संकटकाल लगाउनुपर्ने माग गरेको पृष्ठभूमिमा सञ्चारमन्त्रीले यसो भनेका हुन्। ‘उपचारका स्रोत र साधन मिलाउने काम भइरहेको छ’, उनले भने, ‘सरकारी प्रयासले मात्रै यो सम्भव हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.