|
फाइल फोटो

काठमाडौं : सरकारले सात जिल्लामा राजपत्रांकित द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारीको पद कायम गर्ने निर्णय गरेको छ। यसबाट ती जिल्लामा सहसचिव सरहका अधिकृतको बदला अब उपसचिव प्रमुख जिल्ला अधिकारी भएर जानेछन् ।

बिहीबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रथम श्रेणीका अधिकृतस्तरको प्रमुख जिल्ला अधिकारीको पद रहेकोमा राजपत्रांकित प्रथम श्रेणी (नेपाल प्रशासन सेवा) को पदपर्ती भएको अवस्थामा सोही बमोजिम हुने गरी हाललाई द्वितीय श्रेणी प्रमुख कायम गरिएको बताएका हुन्।

ती जिल्लाहरूमा गोरखा, कञ्चनपुर, सर्लाही, रौतहट,धनकुटा, पाल्पा र काभ्रेपलाञ्चोक रहेका छन्।

सरकारले राष्ट्रिय परिषद्का लागि आर्थिक वर्ष २०७६/७७ मा आवश्यक पर्ने १५ वटा राजपत्रांकित पदहरू अस्थायी दरबन्दी गर्ने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.