|

जापानका नव नियुक्ति वातावरणमन्त्री शिन्जिरो कोइजुमीले जापानका आणविक ऊर्जा केन्द्र खारेज गर्ने घोषणा गरेका छन्।

जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार गरेको मन्त्रिपरिषद हेरफेरपछि शिन्जिरो वातावरण मन्त्रीमा नियुक्ति भएका थिए। ३८ वर्षीय शिन्जिरो पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन्।

शिन्जिरो  दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री  हुन्। बुधबार राति गरेको एक सम्बोधनको क्रममा उनले जापानका आणविक ऊर्जा उत्पादन केन्द्र खारेज गर्नेतर्फ आफ्नो धारणा राखेका हुन्।

आणविक ऊर्जाको बारेमा सरकारले गरेको योजनाको बारेमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफमा उनले आणविक ऊर्जा केन्द्रको खारेजीको प्रसंग उल्लेख गरेका हुन्।

देशमा सन् २०११ मा आणविक दुर्घटना भइसकेको र अब हुन नदिने पनि उनले बताए। यदि यी केन्द्रहरूलाई राखियो भने सबै ध्वस्त हुने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.