|

हेटौँडा : नेपालका लागि बेलारुसका राजदूत एन्द्रेइ रेयुस्कीले नेपाल सम्भावनाले भरिएको देश भएकोले आफूहरू मिलेर काम गर्न इच्छुक रहेको बताएका छन्।

बेलारुसका कन्सुलरसमेत रहेका व्यवसायी तथा समाजसेवी अजयराज सुमार्गीको विशेष पहलमा हेटौँडा आएका राजदूत रेयुस्कीले बिहीबार मकवानपुर उद्योग वाणिज्य संघसँगको छलफल तथा अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन्। उनले बेलारुसका व्यापारी र नेपालको व्यापारीबीच सुमधुर सम्बन्ध स्थापना गर्न सहयोग गर्नेसमेत बताए।

यस्तै, कार्यक्रममा व्यवसायी सुमार्गीले बेलारुस कृषिमा धेरै अगाडि बढेको देश भएकोले मिलेर काम गर्दा नेपालको व्यापार व्यवसायको साथै कृषि प्रवर्द्धनमा सहयोग पुग्ने बताए। उनले लगानी गर्न हेटौँडा उपयुक्त ठाउँ भएको भन्दै राजदूत रेयुस्कीलाई हेटौँडामा लगानी गर्न बेलारुसको व्यापारीलाई आकर्षित गर्न आग्रह गरे।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकाललगायतको उपस्थिति रहेको थियो।

राजदूत रेयुस्कीले हेटौँडा एकेडेमीको अवलोकनसमेत गरेका छन्। उनले हेटौँडा एकेडेमीका विद्यार्थीले तयार पारेका विज्ञानसँग सम्बन्धित शैक्षिक सामग्रीको अवलोकन गरेका हुन्। एकेडेमीका विद्यार्थीले हाइड्रो पावर, माउन्टेन केवलकार, पानीसँगको रसायानिक प्रतिक्रियाबाट उत्पन्न हुने तरङ देखाएका थिए। ऐकेडेमीका विद्यार्थीले नृत्यसमेत प्रदर्शन गरेका थिए। 

अवलोकनपश्चात् राजदूत रेयुस्कीले विद्यार्थीको कला अद्भूत रहेको भन्दै यी विद्यार्थी भविष्यमा ठूलो सम्भावना बोकेको बताएका थिए। राजदूतसँगै व्यवसायी तथा समाजसेवी सुमार्गी, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुमार्गी तथा विद्यालयका शिक्षकको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.