|

इटहरी : व्यक्तिगत जग्गामा खोला कुदाउन खोजेको भन्दै उच्च अदालत विराटनगरले इटहरी उपमहानगरपालिकाबिरुद्द मुद्दामा अन्तरिम आदेश जारी गरेको छ। सार्वजनिक सम्पत्ति संरक्षणको नाममा व्यक्तिगत रिसिभीमा निजी सम्पत्तिको विनास गरेको भन्दै मुद्दा परेको परेको थियो।

इटहरी लाविपुरमा रहेको खोलालाई व्यक्तिगत जग्गामा उपमहानगर प्रमुख द्वारिकलाल  चौधरीले हाल्न खोजेको भन्दै मुद्दा परेको थियो। कमला चौलागाई लगायतले हालेको मुद्दामा उच्च अदालतले उपमहानगरलाई तत्काल काम रोक्नु निषेधाज्ञायुक्त परमादेश जारी गरेको हो।

न्यायाधीश प्रेमराज कार्कीको एकल इजलासले भनेको छ  'निवेदकको माग बमोजिम किन आदेश जारी नहुनु पर्ने हो? माग बमोजिम आदेश हुन नसक्ने कुनै आधार कारण भए प्रमाण सहित बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित हुनु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.