|

काठमाडौं : नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीले सबैभन्दा बढी गोल गर्ने कप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी छन्। नादेझ्दा कपअन्तर्गत फाइनलमा उज्वेकिस्तानविरुद्ध २ गोल गर्दै उनले अनुको कीर्तिमान बराबरी गरेकी हुन्। राष्ट्रिय टोलीका लागी ३४ क्याप जित्दै उनले ३५ गोल गरेकी हुन्।

सन् २०१४ को साफमा भुटानविरुद्ध ८८ औँ मिनेटमा डेव्यु गोल गरेकी थिइन्। सावित्राले साफ च्याम्पियनसिपको ३ संस्करणमा मात्रै १७ गोल गरेकी छिन्। सन् २०१६ को चौथो साफमा ४ खेलमा नै १२ गोल गर्दै सर्वाधिक गोलकर्ता चुनिइन्। जस्मा भुटानविरुद्ध दोहोरो ह्रयाट्रिकसमेत छ। उनी नेपाली फुटबल इतिहासमा एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी मात्र होइन, एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने एकमात्र नेपाली खेलाडी बनेकी छन्।

२ संस्करणको सागको ५ खेलमा सावित्राले २ गोल गरेकी छन्। मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा उनले १ गोल गरेकी थिइन्। ओलम्पिक छनोटको पहिलो चरणमा म्यानमारविरुद्ध गोल गरेकी सावित्राले हिरो महिला गोल्डकपमा भारत र इरानविरुद्ध २/२ गोल गरेकी थिइन्। विराटनगरमा सम्पन्न साफमा उनले भुटान, बंगलादेश र श्रीलंकाविरुद्ध १/१ गोल गरेपछि पूर्वकप्तान जमुना गुरुङको रेकर्ड उनको जिल्ला मोरङमा बराबरी भएको थियो।

त्यसअघि जमुनाले २५ गोल गरेकी थिइन्। साफको फाइनलमा भारतसँग ३–१ गोल अन्तरले पराजित हुँदा सावित्राले गरेको सान्तवान गोलले जमुनाको रेकर्ड तोडिएको थियो।  

ओलम्पिक छनोटको दोस्रो चरणमा इन्डोनेसियाविरुद्ध २–१ को जितमा निकाल्दा दुवै गोल सावित्राको नाममा रहयो। र्किगिस्तानमा जारी नादेझ्दा कपमा आयोजकविरुद्ध ४, ताजिकिस्तानविरुद्ध १ र फाइनलमा उज्वेकिस्तानविरुद्ध २ गोल गरेपछि अनु लामाको कीर्तिमान बराबरी भएको छ। नादेझ्दा कपमा ७ गोल गरेकी सावित्रा सर्वाधिक गोलकर्ता समेत चुनिइन्। अनु लामाले संन्यास लिइसकेको कारण आगामी मंसिरमा पोखरामा हुन १३औँ सागमा सावित्राले रेकर्ड तोडने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.