|
फाइल फोटो

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले साढे तीन बर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने दावी गरेका छन्।

नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री महासेठले सरकारले साढे तीन बर्षभित्र छ लेन, चार लेन र दुई लेन गरि १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्न लागेको बताएका हुन्। मन्त्री महासेठले स्थानीय तहदेखि केन्द्रीय तहका सडक आयोजना निर्माण, मर्मतसम्भार लगायतका सडक पूर्वाधारमा सबै तहका सरकारले समन्वयात्मक ढंगले काम गरिरहेको बताए। सरकारले पाँच वर्षभित्र यस्ता राजमार्ग निमार्ण गर्ने लक्ष्य लिए पनि साढे तीन वर्षभित्रै सम्पन्न हुने उनको दावी छ।

मन्त्री महासेठले आर्थिक वर्ष २०७३/७४ को मसान्त्रपछि ठेक्का सम्झौता भएका सबै आयोजना तोकिएकै समयमा सम्पन्न हुने दावी समेत गरे। उनले २५ वर्ष पहिले ठेक्का सम्झौता भएका आयोजना अहिलेसम्म पनि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै अबदेखि त्यस्ता आयोजना तोकिएकै समयमा सम्पन्न नभए कार्वाही गरिनेसमेत बताए। मन्त्री महासेठले सरकारले विदेशी लगानी आकर्षण गर्न आवश्यक सबै कानून निर्माण गरि सकेको पनि बताए।

कार्यक्रममा मन्त्री महासेठले सरकारको महा अभियानमा सबैले साथ दिन आग्रह पनि गरे। नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलन बिहीबार सकिएको छ। सम्मेलनको पहिलो दिन ७ प्रदेशका मुख्यमन्त्रीले प्रदेशभित्रका विकाश पूर्वाधारसम्बन्धी विभिन्न आयोजना बारे लगानीकर्ता, व्यवसायीलाई जानकारी गराएका थिए। नेपाल सरकारले लगानी सम्मेलनमा सोकेस गरेका धेरै आयोजनाबारे यस सम्मेलनमा पनि छलफल भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.