डडेल्धुरा अस्पतालमा दैनिक २५ देखि ३० जनामा संक्रमण

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा  स्क्रब टाइफस  रोगको संक्रमण फैलिन थालेको छ। केहीसातायतादेखि यहाँका अस्पतालमा चेकजाँच गर्न आउने बिरामीमा स्क्रब टाइफसको लक्षण देखा पर्न थालेको हो।

सुदुरपश्चिम प्रदेशको ठूलो डडेल्धुरा अस्पतालमा अहिले दैनिक २५ जनादेखि ३० जनामा स्क्रब टाइफसको लक्षण देखा पर्ने गरेको डडेल्धुरा अस्पतालमा कार्यरत डा. जीवन खरेलले जानकारी दिए। अस्तालमा विगत तीन/चार दिनबाट स्क्रब टाइफस जाँच गर्ने किट सकिएको डा. खरेलले बताए।

‘आजभोलि दैनिक जसो २ सया ५० देखि ३ सय बिरामीहरु चेकजाचँ गर्न आउँछन्।’ उनले भने, ‘त्यसमध्ये २५ देखि ३० जनामा स्क्रब टाइफसको लक्षण देखिएको छ। परीक्षण गर्ने किट सकिए पनि हामी लक्षणका अधारमा उपचार गरिरहेका छौँ।’

डडेल्धुरा अस्पतालमा डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुलालगायतका जिल्लाका बिरामी आउने गरेका छन्। स्क्रब टाइफस रोग संक्रमण भई गम्भीर भएका ५ जनालाई डडेल्धुरा अस्पताले रेफर गरेको डा. खरेलले बताए।

पछिल्लो १ महिनाको अवधिमा ३ सय जनालाई चेकजाँच गर्दा ४० जनामा स्क्रब टाइफस रोगको संक्रमण देखा परेको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिए। ‘करिब १ महिनाको अवधिमा ३ सय जनामा चेकजाँच गर्दा ४० मा संक्रमण देखियो। किट सकिएको छ’ उनले भने, ‘स्क्रब लक्षण भएका बिरामीलाई हामी थाहा पाइहाल्छौँ। उपचारमै कुनै समस्या हुँदैन। किटको लागि सम्बन्धित ठाउँमा पत्रलेखी पठाइसकेका छौँ।’

पछिल्लो समय प्राणधातको रूपमा फैलिएको स्क्रब टाइफस रोग मुसाबाट माइस जिवाणुले मनिसमा सार्न गरेको  छ। स्कोब टाइफस रोग लागेमा ज्वरो आउने, मांशपेशि, दुख्ने अत्यधिक टाउको दुखने, छमछमति पशिना आउने खोकी लाग्ने जस्ता लक्षण देखापर्ने डडेल्धुराका डा. उत्तम भट्ट बताउँछन्।

 

स्क्रब टाइफसको प्रमुख लक्षण छलामा घाउ देखिने भए पनि बढी जसो डडेल्धुरा अस्पतालमा  लामो समयदेखि टाउको दुख्ने आँखाको नानी दुख्ने सुख्खा खोकी लाग्ने ज्वरो आउने लक्ष्णका बिरामी आउने डडेल्धुरा अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डन्ट जितेन्द्र कँडेलले जानकारी दिए।

व्यक्तिगत स्वास्थयमा ध्यान नदिदाँ यो रोगको संक्रमण बढने भएकाले पूरै शरीर ढाकने गरि लुगा लगाउने, खुल्ला ठाउँमा सौच नगर्न र स्क्रोप टाइफसका  उल्लेखित लक्षण्हरु मध्ये कुनै पनि देखापरेमा तुरुन्त नजिको स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिन उनले  सुझाव दिए।

गत वर्ष असोजको तेस्रो साता पहिलो पटक देखा परेको यो रोगको संक्रमण दुई साता नबित्दै ३३ जनामा देखा परेको थियो। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले रोगको संक्रमण अझ बढी भएको हुनसक्ने आशंका गरेको छ। यो रोगबाट गतवर्ष जिल्लाको अजयमेरु गाउँपालिकाका एक जनाको ज्यान गएको थियो।

के होस्क्रब टाइफस?

धेरै सरुवा रोगहरूमध्ये स्क्रब टाइफस एक हो। यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ। यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ। माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ।

यस्ता देखिन्छन् लक्षण

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढी र काम जरो समेत आउन सक्दछ। धेरै टाउको दुख्ने,  पसिना धेरै आउने,  आँखा रातो हुने, झाडापखला लाग्ने, विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने, समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई बिरामी सिकिस्तसमेत हुन सक्छ। किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ।

यसबाट बच्ने उपाय

खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँ पूरा शरीर ढाकिने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.