|

सिन्धुली : सिन्धुलीको सुनकोशी गाउपालिका स्थित सुनकोशी नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन्। 

बिहीबार दिउसो १ः४५ बजेको समयमा सुनकोशी नदीमा पौडी खेल्नेक्रममा नदीले बगाउँदा सुनकोशी गाउँपालिका ६ माथिल्लो चैनपुरका बर्ष १८ का संजिब रम्तेल बेपत्ता भएका हुन्। 

सुनकोशी गाउँपालिका ६ मा रहेको सुनकोशी क्रसर चैनपुरमा प्रयोग भएको जेसिबीमा हेल्फरको रुपमा काम गर्दै आएका रम्तेल चैनपुरस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिँहले जानकारी दिए। 

घटना पश्चात इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको सात जनाको टोलीले खोजतालस एवं अनुसन्धान कार्य भइरहेको उनको भनाई छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.